खैरहनीका प्रहरी इन्स्पेक्टर प्रदीप महत पक्राउ, जबरजस्ती करणी आरोपमा अनुसन्धान

52 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🚔 इन्स्पेक्टर प्रदीप महत पक्राउ
  • 📄 जबरजस्ती करणीसम्बन्धी उजुरीपछि नियन्त्रणमा
  • 🔍 बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया सुरु
  • ⚖️ अनुसन्धानपछि मात्रै तथ्य स्पष्ट हुने प्रहरीको भनाइ

काठमाडौं, २८ माघ । इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप महत पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले महतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरेको छ। चितवन प्रहरीका एक अधिकृतका अनुसार जबरजस्ती करणीसम्बन्धी उजुरी परेपछि उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको हो।

प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। आरोप पुष्टि वा खण्डन हुने विषय अनुसन्धानपछि मात्र स्पष्ट हुने जनाइएको छ।