पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो, काठमाडौँमा पेट्रोल १५६ रुपैयाँ

41 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि
  • 🚛 डिजेल र मट्टीतेलमा ३ रुपैयाँले मूल्य बढ्यो
  • 📍 काठमाडौँमा पेट्रोलको मूल्य १५६ रुपैयाँ
  • 🏙️ सुर्खेत र दाङमा १५५ रुपैयाँ निर्धारण
  • 🛢️ मट्टीतेल प्रतिलिटर १४२ रुपैयाँ कायम

काठमाडौँ । Nepal Oil Corporation ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ।

नयाँ मूल्यअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङमा प्रतिलिटर १५५ रुपैयाँ तोकिएको छ।

त्यसैगरी चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।