‘युवा लक्षित क्षमता अभिवृद्धि कार्यक्रम नहुँदा विदेशिनेको संख्या बढ्यो’

61 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 👨‍🎓 क्षमता अभिवृद्धि अभावले युवाको विदेश पलायन बढेको दाबी
  • 📊 २० वर्षदेखि निरन्तर युवाहरू विदेशिने क्रम
  • 📚 सीप विकास कार्यक्रम आवश्यक रहेको जोड
  • 📝 सरकारी नीति र अभिलेख सरल भाषामा बनाउन सुझाव
  • 💼 मानव विकासमा पर्याप्त लगानी आवश्यक

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव Khemraj Nepal ले मुलुकभित्र रोजगारी तथा अवसरको वातावरण सुदृढ नभएकै कारण लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताएका छन्।

मंगलबार काठमाडौंमा क्षमता अभिवृद्धि सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले क्षमता विकासको विषय अत्यन्तै पेचिलो रहेको उल्लेख गर्दै प्रभावकारी कार्यक्रमको अभावमा हजारौँ युवा विदेश गइरहेको बताए।

उनले भने, “विगत २० वर्षको तथ्यांक हेर्दा हरेक वर्ष हजारौँ व्यक्ति विदेश जाने गरेको देखिन्छ। यदि उनीहरूलाई मुलुकभित्रै बस्ने वातावरणसहित आवश्यक सीप र तालिम प्रदान गरिएको भए देश निर्माणमै योगदान दिन सक्थे। त्यसकारण क्षमता विकासको विषय अत्यन्तै गम्भीर र जटिल छ।”

पूर्वसचिव नेपालले सरकारी अभिलेख तथा नीतिहरू सामान्य नागरिकले बुझ्न नसक्ने भाषामा तयार गरिने गरेको टिप्पणी गरे। नीति तथा दस्तावेजहरू सरल र व्यवहारिक भाषामा तयार भएमा सबै नागरिकले त्यसको लाभ लिन सक्ने उनको भनाइ थियो।

उनले भने, “सरकारले मानव विकासमा पर्याप्त लगानी नगर्दा दुःख पाएर विदेश जानुपर्ने र न्यून आय मुलुकमा भित्र्याउनुपर्ने अवस्था छ। नीति त बनाइएको छ, तर त्यो आम नागरिकले बोल्ने र बुझ्ने भाषामा छैन। सरकारी अभिलेखहरू सामान्य नेपालीले सहजै बुझ्न नसक्ने खालका हुन्छन्। सबैले बुझ्न सक्ने भए त्यसबाट व्यापक लाभ लिन सकिन्थ्यो।”