काठमाडौँ । Global IME Bank Limited ले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका अनलाइन भुक्तानीमा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्कलगायत विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा उक्त छुट उपलब्ध हुनेछ। आईईएलटीएस (IELTS), टोफल (TOEFL), स्याट (SAT), जीम्याट (GMAT), पीटीई (PTE), एसीटी (ACT), एसीसीए (ACCA), यूएसएमएलई (USMLE), कलेज शुल्क, भिसा शुल्क तथा बीमा शुल्कलगायतका भुक्तानीमा यो सुविधा लागू हुने बैंकले जनाएको छ।
यो योजना जुलाई ३१, २०२६ सम्म लागू रहनेछ। ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना ११७ शाखामार्फत उपलब्ध गराएको छ। योजनाअन्तर्गत सेवा उपलब्ध हुने शाखासम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।
ग्लोबल आइएमई बैंक ‘Global Finance Best Bank Award 2024’ तथा ‘Euromoney Award for Excellence 2024’ अन्तर्गत दुई विधाबाट नेपालको उत्कृष्ट बैंकका रूपमा सम्मानित भइसकेको छ। साथै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा सम्मानित हुँदै आएको छ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा कार्यालय, ३८५ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले बैंकिङ सेवाका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ। vvv v