काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै बिगमार्टसँग सहकार्यमा सञ्चालन गरेको क्यासब्याक योजना पुनः निरन्तरता दिएको छ। पहिलो चरणमा अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएपछि बैंकले समय थप गर्दै योजना पुनः लागू गरेको हो।
यस योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरूले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा खरिद गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यो सुविधा २०८३ साल असार मसान्तसम्म लागू हुनेछ। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यस्ता किसिमका छुट, अफर तथा क्यासब्याक योजनाहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।
सानिमा बैंकले नगदरहित कारोबारलाई बढावा दिँदै सुरक्षित, सहज र डिजिटल बैंकिङ सेवाको प्रयोग विस्तार गर्न ग्राहकलाई प्रोत्साहित गरिरहेको छ।