नुवाकोट–२ : विकासका नेता र भरोसाका उम्मेदवार ‘केशवराज पाण्डे’

417 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏗️ विकास आयोजना: बट्टार घण्टाघर, गङ्गटे पार्क, रंगशाला, सडक, पुल
  • 🏛️ राजनीतिक अनुभव: प्रदेशसभा सदस्य, मन्त्री, प्रदेश सरकार प्रवक्ता, एमाले केन्द्रीय समिति सदस्य
  • 🌟 सकारात्मक छवि: स्थानीयसँग नजिक, शालीन र काम गरेर देखाउने नेता
  • 📌 अधुरा योजनाहरू पूरा गर्ने: स्टेडियम, पार्क, आयुर्वेदिक अस्पताल, सडक सुधार
  • 💪 जितको सम्भावना: एकल प्रतिस्पर्धामा बलियो दाबेदार

नुवाकोट। नेकपा (एमाले) का केन्द्रीय सदस्य केशवराज पाण्डे नुवाकोट–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनेसँगै क्षेत्रको राजनीति फेरि सक्रिय बनेको छ। स्थानीयसँग नजिक, शालीन र काम गरेर देखाउने नेताका रूपमा चिनिएका पाण्डेलाई विकासका नेता र भरोसायोग्य उम्मेदवारका रूपमा स्थानीयले मन पराइरहेका छन्।

प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेश सरकारमा मन्त्री बनेका बेला पाण्डेले नुवाकोटमा धेरै उल्लेखनीय विकास आयोजना अघि बढाएका थिए। विदुरको बट्टार घण्टाघर, निबुवा डाँडोको गङ्गटे पार्क, प्रदेशस्तरीय रंगशाला, सडक, पुल र अन्य पूर्वाधारमा उनको योगदान उल्लेखनीय रहेको स्थानीय नेताहरू बताउँछन्। बेलकोटगढी–बागखोर सडकको कालोपत्रे कार्यमा पनि उनको सक्रिय भूमिका प्रशंसनीय मानिन्छ।

अघिल्लो निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका कारण अत्यन्तै सानो मतले पराजित भएका पाण्डे यसपटक एकल प्रतिस्पर्धामा मैदानमा छन्। यही कारण उनका जितको सम्भावना बलियो देखिन्छ।

२०२२ सालमा जन्मिएका पाण्डे बाल्यकालदेखि सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय छन्। २०७४ सालमा नुवाकोट–२ (क) बाट प्रदेशसभा सदस्य बनेका उनी आन्तरिक मामिला तथा कानुन मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्री, प्रदेश सरकार प्रवक्ता लगायत जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी एमाले केन्द्रीय समिति सदस्य र नुवाकोट जिल्ला इन्चार्ज हुन्।

प्रतिनिधिसभा उम्मेदवारी लिएर पाण्डेको लक्ष्य अधुरा विकास आयोजना पूरा गर्नु र दीर्घकालीन विकास योजना अघि बढाउनु हो। उनले छोटो समय मन्त्री हुँदा सुरु भएका योजनाहरू पूरा गर्ने, गङ्गटे पार्कलाई थप आकर्षक बनाउने, विदुर–५ मा अलपत्र स्टेडियम सम्पन्न गर्ने र आयुर्वेदिक अस्पतालमा अत्याधुनिक परीक्षण ल्याब स्थापना गर्ने योजना अघि बढाउने बताएका छन्। साथै, धमलेदेखि बागखोरसम्मको सडकलाई सुचारु, सहज र सुरक्षित बनाउने प्राथमिकतामा राखेका छन्।

यस चुनावमा नुवाकोट–२ का विकास र विश्वासका उम्मेदवार केशवराज पाण्डेले क्षेत्रको उज्ज्वल भविष्य सुनिश्चित गर्ने लक्ष्य राखेका छन्। स्थानीयहरूको विश्वास, नेतृत्व क्षमताः र ठोस विकास योजनाका कारण पाण्डे यो पटक निश्चित रूपमा जित्न योग्य उम्मेदवारका रूपमा प्रस्तुत छन्।