जनताको सुख–दुःखका सारथी : बद्री मैनाली

295 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🤝 जनतासँगको नजिकता: गाउँ–सहर, महिला समूह, युवा क्लब, जेष्ठ नागरिक र बिरामीहरूसँग नियमित सम्पर्क
  • 🏗️ विकासमूलक योगदान: पूर्व कृषि राज्यमन्त्री हुँदा जिल्लामा सयौं विकास योजना सम्पन्न
  • 🌟 सकारात्मक छवि: जनताको सुख–दुःखमा सधैं उपस्थित, भरोसायोग्य नेता
  • 📌 निर्वाचन रणनीति: घरदैलो अभियान, प्रत्यक्ष मतदाता भेटघाट, योजनाबद्ध विकास प्राथमिकता
  • 💪 जितको सम्भावना: एकल प्रतिस्पर्धा र स्थानीय विश्वासका कारण बलियो

नुवाकोट। नेकपा (एमाले) बाट नुवाकोट–१ प्रतिनिधि सभा उम्मेदवार बद्री मैनाली नुवाकोट जिल्ला पार्टीका अध्यक्ष समेत हुन्। उनी जनताको बीचमा सधैं उपस्थित, काम गरेर देखाउने र स्थानीय विश्वासका नेता मानिन्छन्।

मैनाली गाउँ–सहर, युवा समूह, महिला संगठन र विभिन्न संघ–संस्थासँग नियमित सम्पर्कमा रहँदै जनताको समस्यामा प्रत्यक्ष सहयोग गर्दै आएका छन्। स्थानीय मतदाताहरू उनलाई जनताको सुख–दुःखका सारथीको रूपमा हेर्ने गरेका छन्।

उनी नुवाकोटका विरामी, वृद्ध, किसान र आम नागरिकसम्म पुगेर सहयोग गर्ने नेताका रूपमा परिचित छन्। यसै कारण उनका समर्थक र स्थानीय जनताले उनको मतदाता भेटघाट कार्यक्रम र घरदैलो अभियानका लागि प्रतिक्षा गर्दै आएका छन्।

तादी गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै मैनालीले एमालेको देश र नुवाकोट विकासमा भूमिकाको चर्चा गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन मतदातासँग आग्रह गरे। उनले अघिल्लो निर्वाचनमा गठबन्धनको सामना गर्दै झिनो मतान्तरले पछि परेको अनुभवको स्मरण गर्दै यसपटक अझ बलियो जितको सम्भावना रहेको बताए।

मैनालीले बागमती प्रदेशको पूर्व कृषि राज्यमन्त्री हुँदा जिल्लामा सयौं विकास योजना सफलतापूर्वक सम्पन्न गराएका थिए। दर्जनौं क्लब, महिला र आमा समूह, जेष्ठ नागरिक, विरामी र विपन्नहरूसँग उनको निरन्तर सहयोगको कारण स्थानीयहरूले उनलाई भरोसायोग्य नेता ठान्छन्।

स्थानीय मतदाताहरूको भनाइ अनुसार, यसपटक सिंगल प्रतिस्पर्धाका कारण मैनालीको जित सहज र विश्वासिलो हुने देखिन्छ। उनका विकास योजना, प्रतिबद्धता र जनतासँगको नजिकपनले उनलाई नुवाकोट–१ का लागि पहिलो रोजाइको उम्मेदवार बनाएको छ।