दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डा प्राथमिकता दिइनुपर्नेः अध्यक्ष ढकाल

75 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏛️ आग्रह: दलहरूले चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डा प्राथमिकता दिन
  • 💼 प्रमुख एजेण्डा: रोजगारी सिर्जना, उद्योगधन्दा र औद्योगिक विकास
  • 📍 स्थान: नुवाकोट, विदुर – नुवाकोट महोत्सव उद्घाटन
  • 🤝 सन्देश: अर्थतन्त्र सबै दलको साझा एजेण्डा बन्नुपर्छ, निजी क्षेत्रसँग सहकार्य आवश्यक
  • ⚖️ लक्ष्य: आर्थिक वृद्धिसँग सुशासन र समृद्धि सुनिश्चित

नुवाकोट। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरुलाई आफ्ना चुनावी घोषणापत्रमा निजी क्षेत्रले अघि सारेका एजेण्डालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले मुलुक निर्वाचनमय रहेको बेला आर्थिक विकासका लागि निजी क्षेत्रका विषयलाई सबै दलले घोषणापत्रमा समावेश गर्नुपर्ने बताए।

उहाँले जोड दिनुभयो कि रोजगारी सिर्जना, उद्योगधन्दा र औद्योगिक विकासका माध्यमबाट मुलुकको आर्थिक विकास सुनिश्चित गर्न निजी क्षेत्रका एजेण्डा आवश्यक छन्।
ढकालले स्मरण गराउँदै भने– हिजोको आर्थिक संकटमा सरकार र निजी क्षेत्रको सहकार्यले अवस्था सुधार गरेको थियो, आगामी दिनहरुमा पनि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक रहनेछ।

अध्यक्ष ढकालले सबै दलले अर्थतन्त्रलाई साझा एजेण्डा बनाउनु पर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई आत्मसात गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो।