काठमाडौं । Jyoti Bikas Bank Limited ले काठमाडौंको रातोपुलस्थित Royal Cleaning Services and Suppliers Pvt. Ltd. सँग आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानका लागि सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्यांकी सफाइ, किरा नियन्त्रण (बेडबग) तथा एसी सर्भिसिङलगायत सेवा प्रदान गर्दै आएको छ।
बैंकका अनुसार संस्थागत सुशासन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता ग्राहक–केन्द्रित सहकार्यलाई निरन्तरता दिइनेछ। बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याउने रकमभन्दा ५० प्रतिशत बढी योगदान गर्दै आएको दाबी गरेको छ।
नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सयभन्दा बढी शिशुको जीवन रक्षा गर्न सहयोग पुगिरहेको बैंकले जनाएको छ। सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको उल्लेख गरेको छ।
हाल ज्योति विकास बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।