Mahalaxmi Bikas Bank ले आयोजना गरेको “बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यक्रम २०७८ फागुन १ गते सम्पन्न भएको छ।
विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा स्थानीय साना तथा मझौला व्यवसाय झल्किने तस्बिरहरू संकलन गरिएका थिए। प्रतियोगितामा प्राप्त तस्बिरहरू स्थानीय व्यवसाय, उद्यमशीलता र सकारात्मक सन्देश प्रवाह गर्ने विषयवस्तुमा आधारित रहेका थिए।
निर्णायक समितिको मूल्याङ्कनका आधारमा १५ उत्कृष्ट तस्बिर चयन गरिएको थियो। कार्यक्रममा प्रथम स्थान सुयोग कुँवर, द्वितीय पारस बज्राचार्य र तृतीय देवानन्द पोख्रेल घोषित भएका थिए। विजेताहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
यसैगरी, पब्लिक च्वाइस अवार्ड शर्मनराज भण्डारीले जितेका छन्। उनले प्रमाणपत्रसहित १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। साथै बैंकले उत्कृष्ट १५ फोटोग्राफरलाई प्रमाणपत्र प्रदान गरेको जनाएको छ। यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशि वृद्धि गरिएको थियो।
बैंकका अनुसार यस्ता कार्यक्रमहरूले स्थानीय व्यवसाय, उद्यमशीलता तथा स्थानीय कलाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। साथै बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन तथा सुरक्षित नगदरहित कारोबारमा ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्यले “महालक्ष्मी माघ महोत्सव” कार्यक्रमसमेत सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ।