सुनको मूल्य ऐतिहासिक रेकर्डमा, तोलामा ३,१८,८०० रुपैयाँ नाघ्यो

70 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला छापावाल सुनको मूल्य रु ३,१८,८०० पुगेको छ भने चाँदीको मूल्य रु ७,३०० कायम छ।

मङ्गलबारको तुलनामा सुनको मूल्य ९,५०० रुपैयाँले बढेको हो। अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औँस ५,२०० अमेरिकी डलर र चाँदीको मूल्य १११ अमेरिकी डलर कायम छ।