काठमाडौं। प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड नाफा कमाएको थियो, जसले २४% गिरावट देखाउँछ।
समीक्षा अवधिमा सञ्चालन मुनाफा १ अर्ब ९६ करोड पुगेको छ। खुद ब्याज आम्दानी सामान्य सुधारसहित ४ अर्ब ९८ करोडमा पुगेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ४५ करोड छुट्याइएको छ।
वितरणयोग्य मुनाफा ऋणात्मक ३ अर्ब ३५ करोड रहेको छ। प्रतिशेयर आम्दानी ८.६२ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ।