सिटिजन्स बैंकको ६ महिनाको खुद नाफा ३५.८८ करोड, EPS ४.६३ रुपैयाँ

71 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 💰 खुद नाफा: ३५.८८ करोड (अघिल्लो वर्षको तुलनामा ४५.७८% घट)
  • 📉 सञ्चालन मुनाफा: ५०.४१ करोड
  • 🏦 वितरणयोग्य मुनाफा: ऋणात्मक १ अर्ब १० करोड
  • 📊 EPS (प्रतिशेयर आम्दानी): ४.६३ रुपैयाँ
  • ⚠️ वित्तीय स्थिति: खराब कर्जा ६.८६%, चुक्ता पूँजी १५.५० अर्ब, जगेडा कोष ७.७२ अर्ब

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६६ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो, जसले ४५.७८% गिरावट देखाउँछ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५० करोड ४१ लाखमा झरेको छ भने खुद ब्याज आम्दानी ३ अर्ब १४ करोड ४५ लाख र फि तथा कमिसन आम्दानी ६२ करोड ३८ लाखमा सीमित रहेको छ। इम्पेयरमेन्ट चार्जका लागि बैंकले १ अर्ब ८३ करोड २७ लाख छुट्याएको छ।

वितरणयोग्य मुनाफा ऋणात्मक १ अर्ब १० करोड रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ऋणात्मक १४.१९ रुपैयाँ देखिएको छ। वार्षिक प्रतिशेयर आम्दानी ४.६३ रुपैयाँ कायम भएको छ।