सिद्धार्थ बैंक–आईएमई हस्पिटालिटी सहकार्य, होटलदेखि केबलकारसम्म छुट सुविधा

75 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏨 होटल तथा रिसोर्टमा छुट – आईएमई हस्पिटालिटीका सेवा
  • 💳 कार्ड र मोबाइल बैंकिङ – भुक्तानी गर्दा सुविधा
  • 💸 १०% सम्म छुट – बैंक ग्राहकलाई प्रत्यक्ष लाभ
  • 🚠 केबल कारसमेत समेटियो – मौलाकाली र लुम्बिनी
  • 📲 डिजिटल कारोबार प्रवर्द्धन – नगदरहित भुक्तानीमा जोड

काठमाडाैं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकलाई लक्षित गर्दै आईएमई हस्पिटालिटी ग्रुपसँग सहकार्य गरी विभिन्न आतिथ्य तथा पर्यटन सेवामा विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ।

सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न सेवा तथा गन्तव्यमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट सुविधा लाजिम्पाटस्थित होटेल ले हिमालय तथा साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर र बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्ट, मौलाकाली केबल कार, लुम्बिनी केबल कार तथा पोखरास्थित द लेक रिट्रिटमा लागू हुनेछ।

बैंकले यस किसिमको सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ दिनुका साथै नगदरहित, सुरक्षित र डिजिटल कारोबारतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

यस सुविधासम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको चौबीसै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।