नेपाल बैंक र एभरेष्ट हस्पिटलबीच उपचार सेवामा २०% सम्म छुट दिने सम्झौता

75 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏦 नेपाल बैंक र एभरेष्ट हस्पिटलबीच सहकार्य सम्झौता
  • 🏥 उपचार सेवामा ५–२०% सम्म छुट सुविधा
  • 👨‍👩‍👧‍👦 ग्राहक, कर्मचारी र परिवार लाभान्वित हुने
  • ✍️ दुवै संस्थाका प्रतिनिधिबीच हस्ताक्षर सम्पन्न
  • 🤝 सहुलियतपूर्ण स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य

काठमाडौं । Nepal Bank LimitedEverest Hospital Pvt. Ltd. बीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। एभरेष्ट हस्पिटल काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित छ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालका विभिन्न उपचार सेवामा लाग्ने बिल रकममा ५ देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले र अस्पतालका तर्फबाट सञ्चालक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका छन्।

उक्त सहकार्यबाट बैंकका ग्राहक तथा कर्मचारी परिवारलाई सहुलियतपूर्ण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको दुवै पक्षले जनाएको छ।