एनआईसी एशिया बैंकको ‘साथी घर कर्जा’ योजना सार्वजनिक, ७ वर्षसम्म ६.९९% स्थिर ब्याजदर

79 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏠 ७ वर्षसम्म ६.९९% स्थिर ब्याजदर
  • 💰 २५ लाखदेखि १० करोड रुपैयाँसम्म कर्जा
  • 📆 अधिकतम २५ वर्षसम्म कर्जा अवधि
  • 📊 पहिलो घर खरिदकर्ताका लागि ८०%सम्म LTV
  • 💳 लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा

काठमाडौं। एन आई सी एशिया बैंकले ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार योजनाअन्तर्गत अधिकतम ७ वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा उपलब्ध गराइनेछ।

न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म उपलब्ध हुने कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण वा पुनःनिर्माण तथा घडेरी खरिदका लागि प्रयोग गर्न सकिने बैंकले जनाएको छ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने व्यवस्था छ।

पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा तथा धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशत तोकिएको छ भने अन्य ग्राहकका हकमा यो अनुपात अधिकतम ७० प्रतिशत रहनेछ।

यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गरिने बैंकले जनाएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी राजेश रावलले घर खरिद वा निर्माणको योजना बनाएका ग्राहकलाई सहयोग पुर्‍याउने उद्देश्यले यो योजना ल्याइएको बताएका छन्।