काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग दन्त उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न दन्त उपचार तथा स्वास्थ्य सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँगको आबद्धता प्रमाणित गरेपछि उक्त सुविधा सहज रूपमा लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यस सहकार्यको उद्देश्य आफ्ना ग्राहकलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवा किफायती दरमा उपलब्ध गराउनु हो। छुट सुविधा अस्पतालका विभिन्न सेवा–सुविधामा लागू हुने जनाइएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र अस्पतालका सञ्चालक डा. प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन्।
बैंकले ग्राहकलाई थप मूल्य अभिवृद्धि सेवा प्रदान गर्ने रणनीतिअनुरूप स्वास्थ्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा यस्ता सहकार्य विस्तार गर्दै जाने जनाएको छ।