कमलादीस्थित ‘नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

66 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • 🏦 कमलादीस्थित नबिल हाउसमा डिजिटल लाउञ्ज सञ्चालन
  • ⏱️ २४सै घण्टा डिजिटल बैंकिङ सेवा उपलब्ध
  • 💳 एटीएम, क्यास डिपोजिट र डिजिटल चेक जम्मा सुविधा
  • 📍 केन्द्रीय कार्यालय र इटहरीपछि तेस्रो डिजिटल लाउञ्ज
  • 👥 २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान

काठमाडौं । नबिल बैंकले ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कमलादीस्थित ‘नबिल हाउस’मा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ।

बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी र सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा डिजिटल लाउञ्ज उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक प्रविन टिवडेवाला, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृतद्वय भुपेन्द्र पाण्डे र आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेशप्रसाद अवस्थी र ज्ञानेन्द्र प्रताप शाहलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहमा अध्यक्ष चौधरीले डिजिटल लाउञ्जमार्फत ग्राहकले २४सै घण्टा बैंकिङ कारोबार गर्न सक्ने बताए। उनले बैंक नवप्रवर्तन र डिजिटाइजेसनमा अग्रणी रहँदै आएको उल्लेख गरे।

डिजिटल लाउञ्जमा एटीएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न तथा कियोस्क मेसिनमार्फत चेक डिजिटल रूपमा जम्मा गर्न सकिने सुविधा उपलब्ध छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध हुँदा ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गरे।

यसअघि नबिल बैंकले केन्द्रीय कार्यालय र इटहरीमा यस्तै डिजिटल लाउञ्ज सञ्चालनमा ल्याइसकेको छ। बैंकले परम्परागत काउन्टर सेवामा निर्भरता घटाउँदै डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।

हाल नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ। बैंकले डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’ सञ्चालनमा ल्याउँदै दिगो बैंकिङ अवधारणालाई समेत अघि बढाएको जनाएको छ।