हिमालयन लाइफको १९औँ साधारण सभा सम्पन्न, नयाँ सञ्चालक नियुक्ति अनुमोदन

86 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.


  • 🏢 १९औँ वार्षिक साधारण सभा सम्पन्न
  • 📊 आ.व. २०८१/८२ का वित्तीय प्रतिवेदन सर्वसम्मत पारित
  • 👥 गोपाल घिमिरे र दिपक नेपालको नियुक्ति अनुमोदन
  • 🧾 एस.ए.आर. एशोसिएट्स बाह्य लेखापरीक्षक नियुक्त
  • 📈 कम्पनीलाई अग्रणी बनाउने प्रतिबद्धता

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा काठमाडौंको नक्सालस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ सम्बन्धी विभिन्न वित्तीय तथा व्यवस्थापकीय प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।

सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गरिएको छ।

यसैगरी, स्वतन्त्र सञ्चालकका रूपमा गोपाल घिमिरे तथा सञ्चालकका रूपमा दिपक नेपालको नियुक्ति अनुमोदन गरिएको छ। कम्पनीको सहायक संस्था हिमालयन इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणसमेत पारित गरिएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एशोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ। साथै, नियमनकारी निकायको निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने निर्णय गरिएको छ।

सभा अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक प्रमिला के.सी.ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालक आशिष ढकालले धन्यवाद ज्ञापन गरेका थिए। प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले शेयरधनीहरूको जिज्ञासाको जवाफ दिँदै कम्पनीलाई आगामी दिनमा थप सुदृढ र अग्रणी बनाउने प्रतिबद्धता व्यक्त गरे।