काठमाडौं, २८ माघ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उकालो देखिएको छ। बुधबार पनि सुनको भाउ प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेको छ। हिजो ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।