काठमाडौं। विदेशी मुद्रा बजारमा सोमबार अमेरिकी डलर उच्च बिन्दुमा स्थिर रहेको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलरको मूल्य वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। आइतबार पनि डलर यही दरमा कारोबार भएको थियो।
यता प्रमुख युरोपेली तथा अन्य अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्य भने आज बढेको छ। राष्ट्र बैंकका अनुसार युरोपियन युरो, युके पाउण्ड, स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलर सबैको खरिद–बिक्री दरमा अघिल्लो दिनको तुलनामा वृद्धि देखिएको छ।
आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा पुगेको छ। हिजो यसको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा थियो।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा उल्लेखनीय वृद्धि हो। स्वीस फ्रयाङ्क र अष्ट्रेलियन डलर पनि आज महँगिएका छन्।
अन्य मुद्रातर्फ क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेटलगायत अधिकांश मुद्राको विनिमयदर राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार निर्धारण गरिएको छ।
राष्ट्र बैंकका अनुसार यी विनिमयदरहरू आवश्यकताअनुसार जुनसुकै बेला संशोधन हुन सक्नेछन् भने वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक पर्न सक्ने जनाइएको छ।