काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।
महासंघका अनुसार आज सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला ३ सय २० रुपैयाँले बढ्दै ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलर कमजोर हुनु तथा भू–राजनीतिक अनिश्चितता बढ्नुले नेपाली बजारमा समेत सुन–चाँदीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरूको भनाइ छ । मूल्य वृद्धिले गहना व्यवसायमा असर परे पनि लगानीकर्ताको आकर्षण भने सुनतर्फ बढ्दै गएको देखिन्छ ।