माघ १८ देखि फागुन ४: नारायणी बैंकको अवितरित शेयर लिलाम खुल्ने

61 Shares

News Summary Generated by AP AI. Editorially Reviewed.

  • नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर पुनः लिलाममा
  • माघ १८ देखि फागुन ४ सम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने
  • ३ लाख ६ हजार ५९७ कित्ता शेयर लिलाममा
  • न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ, न्यूनतम १०० कित्ता आवेदन
  • ग्लोबल आइएमई क्यापिटल र बैंकका विभिन्न शाखाबाट बोलपत्र उपलब्ध

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयर पुनः लिलाम बिक्रीमा ल्याएको छ। बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद शेयर बाँडफाँड गर्दा संस्थापक समूहअन्तर्गत ६ लाख ३ हजार १६२ कित्ता शेयर अवितरित रहेका थिए।

यसअघि मंसिर १८ देखि २५ गतेसम्म गरिएको लिलाम बढाबढ प्रक्रियामा २ लाख ९६ हजार ६५६ कित्ता मात्र बिक्री भएको थियो। त्यसपछि बाँकी रहेको ३ लाख ६ हजार ५९७ कित्ता शेयर माघ १८ देखि फागुन ४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको बैंकले जनाएको छ।

लिलाममा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। न्यूनतम १०० कित्तादेखि आवेदन दिन सकिनेछ। इच्छुक व्यक्ति वा संस्थाले आफूले किन्न चाहेको शेयर संख्या र मूल्य खुलाएर बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंकका विराटनगर, आदर्शनगर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरोड (पोखरा) र बुटवल (मिलनचोक) शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ। प्राप्त बोलपत्रहरू सोही स्थानमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।